 
                                                            रुकुम पूर्व र पश्चिम दुई जिल्लामा अनुमति विना ड्रोन उडाउन नपाइने भएको छ । दुई जिल्लाले सूचना जारी गर्दै अनुमति विना ड्रोन नउडाउन अनुरोध गरेका हुन् । रुकुम पूर्वले हिजो बिहीबार सूचना जारी गर्दै जानकारी बनाएको हो भने रुकुम पश्चिमले आज सूचना जारी गर्दै अनुमति विना ड्रोन नउडाउन अनुरोध गरेको हो ।
मानवरहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम ड्रोन उडान गर्न निषेधित÷नियन्त्रित क्षेत्रमा ड्रोन उडान कार्य नगर्न तथा कार्यविधिले तोकेको निषेधित÷नियन्त्रित क्षेत्र बाहेकका क्षेत्रमा ड्रोन उडाउनको लागि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
साथै कार्यविधिको दफा १४ (क), (ख) र (ग) बमोजिमका क्षेत्र र प्रयोजनमा ड्रोन उडान गर्नुपरेमा जिल्ला प्रशासन कार्यालय तथा नजिकैको प्रहरीलाई पूर्व जानकारी दिएर मात्र उडान गर्न सबैलाई अनुरोध गरिएको छ ।
सूचना विपरीत कसैले ड्रोन उडान कार्य गरेको पाइएमा प्रचलित ’कानुन’ ’बमोजिम तत्काल कारबाही गरिने दुई वटै जिल्लाका प्रशासन कार्यालयले चेतावनी दिएका छन् । यस अघि भने अनुमति विना नै जिल्लाका विभिन्न ठाउँमा आफूखुसी ड्रोन उडाउने कार्य भइरहेको थियो ।


 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    