Kakhara सबैको खबर सम्पूर्ण खबर
देउसी भैलो खेलेको रकमबाट सिद्ध मन्दिर घेरबार 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सिद्ध मन्दिर घेरबार गरिएको छ । सल्लेका थापा भाइबन्धुले यस वर्षको तिहारमा देउसी भैलोबाट सङ्कलन गरेको रकमले मन्दिर संरक्षणका लागि घेरबार गरिएको हो । मन्दिरको वरिपरि तार जाली लगाइएको स्थानीय डम्बर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यमा नगद र श्रमदान गरी ६१ हजार ८ सय ३० रुपैयाँ खर्च भएको छ ।

३९ हजार ७ सय ८० देउसी भैलोबाट सङ्कलन भएको रकम खर्च गरिएको हो भने २२ हजार ५० बराबरको जनश्रमदान रहेको थापाले बताउनुभयो । देउसी भैलोबाट थापा भाइबन्धु टिमले १ लाख ७२ हजार ६ सय ६५ रुपैयाँ सङ्कलन गरेको थियो । उक्त रकम अनावश्यक खर्च नगरी सिद्ध मन्दिर र थापा कुलेन मन्दिरलाई थप संरक्षणका लागि खर्च गर्ने निर्णय गरिएको थियो । सोही अनुसार सिद्ध मन्दिर संरक्षणको काम भएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update