रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, नेत्र स्वास्थ्य कार्यक्रमको प्राविधिक सहयोग तथा नर्वे सरकार, एटलस एलायन्स र द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्टियली साइटेडको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हाे । तालिमको समन्वय पत्रकार महासंघ रुकुम शाखा र रुकुम आँखा सर्जिकलन सेन्टरको रहेको थियो ।
तालिमको प्रशिक्षण राप्ती आँखा अस्पताल तुल्सीपुर दाङका वरिष्ठ अनुगमन तथा मुल्याकंन अभिकृत सालिकराम गौतमले गर्नुभएको थियो । आँखामा देखा पर्ने समस्या, उपचार तथा शल्यक्रिया लगायतका बारेमा जानकारी दिनभएका थियो । त्यस्तै जलविन्दु, दृष्टिदोष, खस्रे रोग रतन्धो रोग लगायतका बारेमा पनि प्रशिक्षक गौतमले प्रष्ट पार्नुभएको थियो । त्यस्तै तालिममा आँखालाई स्वस्थ र तेजिलो बनाई राख्ने उपायका बारेमा पनि जानकारी बनाएको थियो ।
राप्ती आँखा अस्पताल सन १९८६ मा स्थापना भएदेखि हालसम्म १२ लाख ६१ हजार ९ सय ७६ जनालाई आँखा सम्बन्धी सेवा प्रदान गरिएको वरिष्ठ अनुगमन तथा मुल्याकंन अभिकृत गौतमले बताउनुभयो । त्यस्तै रुकुम आँखा सर्जिकल सेन्टरबाट हालसम्म ६६ हजार २ सय ११ जनालाई सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । रुकुम पश्चिममा सन् २०११ मा आँखा उपचार केन्द्र स्थापना भएको थियो । हालसम्म निरन्तर सेवा प्रवाह गरिरहेको छ ।
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको तालिमममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी, रुकुम पश्चिम शाखा अध्यक्ष गोपालप्रसाद रेग्मी, सर्जिकल आँखा उपचार केन्द्रका इन्चार्ज धनबहादुर केसी, जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत क्रियाशील पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।





-1759842583.jpg)