Kakhara सबैको खबर सम्पूर्ण खबर
बुद्धभुमी मानव सेवा आश्रमद्धारा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र 

बुद्ध भुमि मानव सेवा आश्रम रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न माग राख्र्दै आज प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । आश्रममा रहेका व्यक्तिहरुको लागि स्थानीय सरकार तथा सरकारी कार्यालयहरुले सहयोग गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको बुद्ध भूमि मावन सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले बताउनुभयो । 

उहाँका अनुसार आश्रममा आश्रित व्यक्तिहरुलाई व्यवस्थापनमा गर्न सहज होस भनेर सहयोगको समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ । त्यस्तै सवैखाले तालिम, कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम एउटा सेसन मानवता प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम समावेश गर्नुपर्ने, सार्वजनिक स्थान, विद्यालय तथा कलेजहरुमा मानवीयता प्रवद्र्धन सम्बन्धी नाटक एवं उत्प्रेणात्मक कक्षाहरु सञ्चालन गर्न व्यवस्था मिलाउनुपर्ने र यसका लागि पाठ्यक्रममा नै समावेश गुर्नपर्ने माग राखिएको छ । 

जन जनमा सत्य न्याय अनुसासन दया माया करुणा अहिंसा जस्ता मानवीय गुणहरू व्यस्थापन गर्दै २०८५ सालसम्म देशलाई सडक मानवरहित घोषणा गर्ने उदेश्यलाई पुरा गर्न प्रमुख जिल्ला अधिकारीको साथ सहयोग हुने विश्वास गरिएको  ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै चिसो मौसम सुरु भएकाले आश्रममा आश्रित लिएर बस्ने व्यक्तिहरुको लागि पनि सोच्नुपर्ने बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष जैसी र जिल्ला संयोजक भिमाकुमारी खड्काले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

यसका साथै बुद्ध भुमि मानव सेवा आश्रम जिल्लामा स्थापना भइ अनाथ र सहयोगार्थी मानवहरूलाई पालन पोषण गर्ने र सम्भव भएकालाई पारिवारिक पुर्नमिलन गराउने काम समेत गरिरहेको जनाएको छ । जिल्लामा संस्थाको लोकप्रियता बढी रहेकाले लगानी र खर्च व्यस्थापनमा नियमित रुपमा सहयोग गर्न समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update