Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा  २ दिने  ब्यवसायी क्षमता अभिवृद्धि तालिम सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित दुई दिने व्यवसायी क्षमता “करिअर विकास सम्बन्धी तालिम” तालिम सम्पन्न भएको छ । हिजोबाट संचालन भएको तालिम आज सकिएको हो ।  अपाङ्गता भएका ब्यक्तिहरु र उनिहरुका परिवारका सद्स्यहरुले आफ्नो भविष्यको दिशानिर्देशन गर्न, पेशागत योजना बनाउन तथा रोजगारीका अवसरहरू पहिचान गर्न सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको मानव बिकास तथा सामुदायिक सेवा राईज– अप परियोजना अधिकृत सन्देश जैसिले जानकारी दिनु भयो । 

दुई दिनसम्म सञ्चालन भएको व्यवसायी क्षमता विकास तालिममा चौरजहारी नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय युवा, अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारका सदस्य गरी २० जना सहभागी रहेका भएका थिए । तालिममा सहभागीहरूलाई व्यक्तिगत योजना बनाउने तरिका, साक्षात्कारका लागि तयारी, संचार सीप, नेतृत्व विकास तथा रोजगार अवसरको खोजी गर्ने व्यावहारिक सीप सम्बन्धी प्रशिक्षण दिईएको थियो ।

तालिमको सहजीकरण अधिवक्ता गोपाल बिराजी र एचडिसिएसका वित्त अधिकृत बिष्णु पुनले गर्नुभएको थियो । अहिलेको समयमा युवाहरूले आफ्नो क्षमता अनुसारको करिअर छनोट गर्न नसक्दा बेरोजगारीको समस्या बढिरहेको र त्यस्ता लागि यस्ता तालिमहरूले युवाहरूलाई आफ्नो लक्ष्य स्पष्ट बनाउन र उचित बाटो पहिचान गर्न प्रेरित गर्ने विश्वास लिएको छ । तालिममा सहभागिहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update