रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली सेनाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५ जनाले सेवा लिएका छन् । चण्डी दल गण सल्लेले बिहिबार वडा नम्बर २ मा संचालन गरेको शिविरबाट उक्त संख्यामा शिविरबाट स्थानीयले निःशुल्क सेवा लिएका हुन् ।
शिविरबाट स्वास्थ्य परिक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको चण्डी दल गण सल्लेले जनाएको छ । चण्डीदल गणले १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल र साझा मुराल अस्पतालको सहयोगमा शिविर संचालन गरेको थियो । शिविरबाट २ सय १६ जना महिला र ८८ जना पुरुषले लिएको चण्डी दल गणका गणपती विनिस श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २३ जना भूतपूर्व सैनिक, १२ जना बहालवाला सैनिक, २६८ जना सर्वसाधारण तथा सैनिकका आफन्तजन र एक जना प्रहरी रहेका छन् ।
शिविरबाट स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको गणपती श्रेष्ठले जानकारी दिनुभयो । चौरजहारी नगरपालिकामा शिविर आयोजना गरी स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नेपाली सेनाको चण्डीदल गणलाई चौरजहारी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।






-1759842583.jpg)