Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी ६ दहपोखरा मेलामा विविध खेलकुद प्रतियोगता हुने 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ मा सिद्धपाइला दह पोखरा पञ्चमी मेला लाग्ने भएको छ । परम्परागत रूपमा लाग्दै आएको सिद्धपाइला दह पोखरा पञ्चमी मेला यही कार्तिक २२ गतेदेखि २४ गतेसम्म लाग्ने भएको हो । मेलाको अवसरमा पुरुष भलिबल, खुला लोकनृत्य र घैँटो फोर प्रतियोगिता आयोजना गरिएको छ । 

खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेता हुने समूहले नगद ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बोहराले जानकारी दिनुभयो । त्यस्तै उपविजेता हुने समूहले २५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई टिमले समान १०/१० हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

दर्ता शुल्क ८ सय रहेको छ । खुल्ला लोक नृत्य तर्फ प्रथम स्थान हासिल गर्नेले २ हजार, दोस्रो स्थान हासिल गर्नेले १ हजार र तेस्रो स्थान हासिल गर्नेले ५सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बोहराले जानकारी दिनुभयो । दर्ता शुल्क १ सय रहेको छ । घैँटो फोर प्रतियोगितामा विजेता हुने व्यक्तिले १ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ सय रहेको छ ।

मेला वरपर ५ सय मिटर भन्दा भित्र जुवा तास खेल्ने र मदिरा पदार्थ विक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update