आठबिसकोटमा करेन्ट लागेर एक युवकको मृत्यु
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इन्टरनेटको तार जडानका क्रममा करेन्ट लाग्दा वडा नम्बर २ का २२ वर्षीय प्रकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार थापालाई वडा नम्बर ३ को हरिबिसौना भन्ने ठाउँमा आज दिउँसो १ बजेतिर करेन्ट लागेको हो । बिजुलीको पोलमा चढेर इन्टरनेटको तार जडानका क्रममा बिजुलीको तारमा छोइदा थापालाई करेन्ट लागेको प्रहरीको भनाई छ ।
करेन्ट लागेर घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै थियो । तर बाटोमै मृत्यु भएको बताइएको छ । रुकुम पश्चिममा इन्टरनेटको तार जडानका क्रममा बर्सेनि ज्यान जाने गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ १५:५९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)