लेखा समाज रुकुम पश्चिमको अध्यक्षमा नरेन्द्र विष्ट चयन हुनुभएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा शुक्रवार भएको जिल्लामा क्रियाशील आर्थिक प्रशासन सेवाका कर्मचारीहरूको भेलाले विष्टको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा अन्जु घर्ती मगर, सचिवमा नरसिंह बुढा, कोषाध्यक्षमा कवीन्द्र पुन तथा सदस्यहरूमा प्रनिशा पन्त, अनिल केसी र राकेश बज्राचार्य रहनुभएको छ ।
संरक्षकमा कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी रहनुभएको छ । नवगठित जिल्ला कार्य समितिको पहिलो बैठकले प्रत्येक महिनाको ३ गते जिल्ला कार्यसमिति बैठक नियमित रूपमा बस्ने निर्णय गरेको सदस्य अनिल केसीले जानकारी दिनुभयो ।
लेखा समूहका सदस्यबिचको सञ्जाललाई सुदृढ पार्न र सामाजिक सम्बन्ध सुधार्न वित्तीय साक्षरता वृद्धि गर्ने र समूहमा विभिन्न कार्यक्रम तथा तालिममार्फत भावना विकास गर्ने उदेश्य राखिएकाे छ ।





-1759842583.jpg)