Kakhara सबैको खबर सम्पूर्ण खबर
लेखा समाज रुकुम पश्चिमको अध्यक्षमा नरेन्द्र विष्ट 

लेखा समाज रुकुम पश्चिमको अध्यक्षमा नरेन्द्र विष्ट चयन हुनुभएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा शुक्रवार भएको जिल्लामा क्रियाशील आर्थिक प्रशासन सेवाका कर्मचारीहरूको भेलाले विष्टको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो । 

जसको उपाध्यक्षमा अन्जु घर्ती मगर, सचिवमा नरसिंह बुढा, कोषाध्यक्षमा कवीन्द्र पुन तथा सदस्यहरूमा प्रनिशा पन्त, अनिल केसी र राकेश बज्राचार्य रहनुभएको छ । 

संरक्षकमा कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी रहनुभएको छ । नवगठित जिल्ला कार्य समितिको पहिलो बैठकले प्रत्येक महिनाको ३ गते जिल्ला कार्यसमिति बैठक नियमित रूपमा बस्ने निर्णय गरेको सदस्य अनिल केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update