Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको प्रमुखमा डम्बर खड्का

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको प्रमुखमा डम्बर खड्का नियुक्त हुनुभएको छ । मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को हिजोको बैठकले १० वटा आङ्गिक क्याम्पसमा नयाँ प्रमुख नियुक्त गरेको हो । 

उक्त बैठकले मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा खड्कालाई प्रमुख नियुक्त गरेको हो । उहाँ उक्त क्याम्पसमा लामो समय देखि गणित शिक्षाको उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ ।

उहाँ गणित विषयमा पिएचडी स्कलर समेत हुनुहुन्छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङ निवासी खड्का शालीन, भद्र र बौद्धिक व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । हालसम्म बुद्धिप्रसाद गौतम क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update