Kakhara सबैको खबर सम्पूर्ण खबर
नाबालिकालाई भारत लिँदै गरेका मुसिकाेटका रोका पक्राउ

नाबालिकालाई भारत लिँदै गरेका रुकुम पश्चिमको मुसिकोट नगरपालिका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

नाबालिका बेचबिखन गर्न भारततर्फ लैजाँदै गरेको आशङ्कामा प्रहरीले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट मुसिकोट नगरपालिका-१३ का २३ वर्षीय अर्जुन रोकालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपालमै रोजगारीको प्रलोभन देखाउँदै एक नाबालिकालाई झुक्क्याएर भारत लैजाँदै गरेका अवस्थामा पक्राउ गरिएको हो ।‎

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले रोकाले नाबालिकालाई बेचबिखन गरी आर्थिक लाभ लिने उद्देश्यले सीमा नाका कटाउने प्रयास गरेको जानकारी दिनुभयो ।

रोकालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको सिंहले बताउनुभयो ।

‎जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update