आठबिसकाेटमा जेन जीहरूको सङ्गठन निर्माण
रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकामा जेन जीहरूको सङ्गठन निर्माण गरिएको छ । आज भएको जेन जी युवाहरूको भेलाले दीपेन्द्र बिसीको संयोजकत्वमा १२ सदस्यीय सङ्गठन निर्माण गरिएको हो । जसको सह संयोजकमा विकास ओली रहनुभएको छ ।
सदस्यहरूमा कृष्ण विश्वकर्मा, कमल बिक, दलबहादुर शिर्पाली, नवीनजंग शाह, समर्पण लामिछाने, गोपाल विक, मनोज नेपाली, गोपाल थापा र सुवास थापा रहनुभएको छ । त्यस्तै सल्लाकार समेत चयन गरिएको छ ।
सल्लाहकारमा अजय चन्द, रत्न चन्द र सुरेन्द्र बस्याल रहनुभएको जेन जी समूहका जिल्ला संयोजक विजय अधिकारीले जानकारी दिनुभयो । भेलामा उहाँ सहित सुरेन्द्र सार्की, नगर बाल सञ्जालका अध्यक्ष रिजन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२ २१:१७
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)