जिल्ला प्रशासन कार्यालयका कर्मचारीकाे रक्त जाँच
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका कर्मचारीहरूको रक्त जाँच गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको जनस्वास्थ्य क्लिनिक तथा प्रयोगशालाले जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरूको रगत मार्फत विभिन्न जाँच गरेको हो ।
१६ जना कर्मचारीहरूमा रक्त समूह, युरिक एसिड, किड्नी अवस्था जाँच, विभिन्न यौन रोग जाँच, सुगर, आर ए फ्याक्टर लगायत जाँच गरिएको ल्याब सञ्चालक गङ्गाराम ओलीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न कार्यालय तथा संस्थामा निःशुल्क सेवा दिइरहेको उहाँले बताउनुभयो ।
सोही अन्तर्गत जिल्ला प्रशासनका कर्मचारीहरूको रक्त जाँच गरिएको ओलीले बताउनुभयो । जिल्लाका अन्य कार्यालयमा पनि यो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ १३:४१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)