Kakhara सबैको खबर सम्पूर्ण खबर
यस वर्ष डिग्रे मन्दिरबाट कति भयो भेटी संकलन ?

रुकुुम पश्चिमको मुुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा दर्शनार्थीले चढाएको भेटीबाट मात्र ७ लाख ९३ हजार २ सय रुपैयाँ संकलन भएको छ  । पाँच दिनको अवधिमा उक्त भेटी संकलन भएको हो । त्यस्तै मन्दिरमा चढाएको बोकाको टाउको बिक्रिबाट भने ५ लाख ५५ हजार ४ सय २० रुपैयाँ संकलन भएको डिग्रे मेला मेला व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटी तथा बोकाको टाउको बिक्रिबाट कुल १३ लाख ४८ हजार ६ सय २० रुपैयाँ संकलन भएको छ । मेलामा होटल सञ्चालन, पिङ सञ्चालन लगायतको आम्दानी भने गणना गर्न बाँकी रहेको छ ।  होटेल संचालन तथा पिङ सञ्चाल बाफत उठेको रकम गणना केही दिनमा हुने उहाँको भनाई  छ । भेटी गणनाको काम जिल्ला प्रहरी कार्यायलमा प्रहरीको रोहवरमा मन्दिर व्यवस्थापन समितिले गणना गरेको थिायो ।

संकलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च भएको र बाँकी बचेको रकम मेलामा खटिएकका स्वयंमसेवक, मन्दिर वरवरको सरसफाई, भौतिक संरचना निमार्ण र जग्गा खरिदमा खर्च गरिने अध्यक्ष केसीले बताउनुभयो । मेलामा भएको खर्चको हिसाव भने हुन बाँकी  रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । 

५ दिनसम्म सञ्चानल भएको मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, रोल्पा, सल्यान, दाङ र बाँके लगायतका जिल्लाबाट एक लाख बढी दर्शनार्थीले मेला भर्नुका साथै मन्दिरको दर्शन र पुजाआजा गरेको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । कार्तिक १५ गते सुरु भएको मेला कार्तिक १९ गते सकिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update