चौरजहारी क्रिकेट कप हुने
रुकुम पश्चिमको चौरजहारीमा चौरजहारी क्रिकेट कप हुने भएको छ । चौरजहारी क्रिकेट विकास समितिको आयोजनामा मंसिर १ गते देखि ३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता चौरजहारी रङ्गशालामा हुने भएको छ । प्रतियोगिताको सह आयोजकमा शीतल चौरजहारी बि ६७ रहेको छ ।
प्रतियोगिताको प्रथमले नगद ३० हजार र द्वितीयले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि कार्तिक ३० गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्न सकिने छ । क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताइएको छ । प्रतियोगिता खुला रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)