रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको लक्ष्मी मावि कैलदेउका विद्यार्थीहरूलाई निःशुल्क रूपमा टाई र बेल्ट वितरण गरिएको छ । आर्थिक अवस्थालाई मध्यनजर गर्दै बाल विकास देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क टाई र बेल्ट वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिले बुढाथोकीको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरेर विद्यार्थीहरूलाई टाई र बेल्ट वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यतकुमार बोहराले जानकारी दिनुभयो । कार्यक्रममा मुसिकोट १ का अध्यक्ष ज्ञानुचन्द्र चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले विद्यालय व्यवस्थापन राम्रो हुँदै गइरहेको र अझै केही भौतिक पूर्वाधार अपुग रहेकोले निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक खिमबहादुर खड्काले गर्नुभएको थियो ।





-1759842583.jpg)