रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ शेरिगाउँमा रहेको यमुना नन्द नमुना माविले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । यो शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना हुने १ सय ६५ जना नयाँ विद्यार्थीलाई आज एक कार्यक्रमका बिच कक्षा १२ का विद्यार्थीहरूले स्वागत गरेका हुन् ।
कक्षा १२ का छात्र हरि ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका तर्फबाट प्रअ कमप्रसाद देवकोटा, सहायक प्रअ गणेश केसी, माध्यमिक तह कक्षा ११-१२ का इन्चार्ज दीपेन्द्रप्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै विद्यार्थीका तर्फबाट कक्षा १२ की दुर्गा बिक र कक्षा ११ कि एसिका खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नयाँ विद्यार्थीलाई फूल माला, खादा र अबिर लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा पूर्व प्रअ दामोदर पौडेल लगायत सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)