Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट १० गारावाङस्थित विद्यालयमा एक व्यक्ति मृत फेला 
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा एक युवा मृत फेला परेका छन् । सोही वडाको गारावाङस्थित भानुभक्त माविको पुरानो भवनको कक्षाकोठाको बाहिरपट्टीबाट झ्यालमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक सोही वडा निवासी २१ वर्षीय राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियार आफैले लगाएको कपडा प्रयोग गरेर कक्षा कोठाको झ्यालमा बाहिरपट्टीबाट झुन्डिएको अवस्थामा शव आज बिहान  फेला परेको थियो । नेपालीले मदिरा सेवन गर्ने गरेको र मानसिक तनावको कारण आत्महत्या गरेको अनुमान प्रहरीले जनाएको छ । मृतक नेपालीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update