Kakhara सबैको खबर सम्पूर्ण खबर
स्नातक आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीको बिदाइ

मध्यपश्चिम विश्व विद्यालय मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिदाइ गरिएको हो ।

स्ववियु सभापति रमेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्ववियु कोषाध्यक्ष दुर्गाप्रसाद विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डम्बरबहादुर खड्काको प्रमुख तथा निवर्तमान क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम र पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा प्राध्यापकहरू, कर्मचारी, विद्यार्थी तथा स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोटका निवर्तमान स्ववियु सभापति किरण विश्वकर्माको पनि उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update