रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । परम्परा देखि लाग्दै आएको बेल्टापु मेलाको अवसरमा आज गाउँपालिका भरमा सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाकै महत्वपूर्ण र ठुलो बेल्टापु मेलाको अवसर बिदा दिइएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
सानीभेरी गाउँपालिका गाउँकार्यपालिकाको गत कार्तिक ३० गतेको निर्णय अनुसार गाउँपालिकाको वडा नम्बर ३ मा लाग्ने मेलाका अवसरमा आज मंसिर ३ गतेका लागि बिदा दिएको उहाँले जानकारी गराउनुभएको छ । उहाँका अनुसार आज सबै सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने छन् ।
परम्परागत बेल्टापु मेला हरेक वर्ष लाग्ने गर्छ । यो वर्षको मेला जारी छ । हाल मेलामा पुरुष भलिबल, महिला भलिबल सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । आज मुख्य मेला लाग्दै छ ।





-1759842583.jpg)