रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित क्रिकेट प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । चौरजहारी क्रिकेट विकास समिति र शीतल चौरजहारी बि–६७ को संयुक्त आयोजनामा मंसिर १ गते देखि सञ्चालित चौरजहारी क्रिकेट कपको आय व्यय सार्वजनिक गरिएको हो ।
प्रतियोगिताका संयोजक इन्जिनियर होमराज शर्माका अनुसार प्रतियोगिताको कुल आय दुई लाख ७ हजार ६ सय ४१ रुपैयाँ रहेको छ । त्यस्तै प्रतियोगिताको कुल व्यय एक लाख ४२ हजार २ सय ९० रुपैयाँ रहेको छ । प्रतियोगिताबाट ६५ हजार ४ सय ७१ रुपैयाँ बचत भएको प्रतियोगिताका आर्थिक संयोजक निर्जल केसीले जानकारी दिनुभयो ।
आय व्यय सार्वजनिक कार्यक्रममा रुकुम क्रिकेट टिमका कप्तान तारा प्रसाद गिरी (विवश) लगायतको उपस्थिति रहेको थियो । मंसिर ४ गते सम्पन्न प्रतियोगिता जेवाइसी जाजरकोटले जितेको थियो भने टिम चौरजहारी उपविजेता बनेको थियो ।




-1759842583.jpg)