Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल 

रुकुम पश्चिममा कार्यरत पत्रकार र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । नेपाली सेना चण्डी दल गणको बोहरागाउँस्थित खेल मैदानमा नेपाल पत्रकार महासङ्घको आयोजनामा मैत्रीपूर्ण खेल भएको हो । 

उक्त खेलमा कर्मचारीको टिम विजयी भएको छ । जिल्लास्थित पत्रकारका साथै कर्मचारीको टिममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी लगायतले खेल्नुभएको थियो । मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न र भाइचाराको विकासका लागि खेल आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जनाएको छ । 

खेल भावनाका माध्यमबाट सबैमा मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । जीत हारका लागि भन्दा पनि मैत्रीपूर्ण सम्बन्धको सन्देश दिने उद्देश्य रहेको उहाँको भनाई छ ।

खेलमा खसीको समेत व्यवस्था गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानी सहित सुरक्षा निकायका प्रमुख, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update