Kakhara सबैको खबर सम्पूर्ण खबर
सुर्खेतमा कर्णाली र लुम्बिनीका पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सुरु

सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण सुरु भएको  छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सोमबारबाट चार दिने रक्षा संवाददाता अभिमुखीकरण सुरु भएको हो ।

सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरमा जारी अभिमुखीकरणमा कर्णाली प्रदेशका आठ र लुम्बिनी प्रदेशका दुई जिल्ला गरी दश जिल्लाका २४ जना पत्रकारहरूको सहभागिता छ । अभिमुखीकरण मङ्सिर ११ गतेसम्म चल्ने बताइएको छ । एक कार्यक्रमका बिच भएको उद्घाटन कार्यक्रममा उत्तर पश्चिम हेडक्वाटरका पृतनापति दिपेशजंग शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै पृतनापति शाहले कार्यक्रमको उद्देश्य, नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, भूमिका, सेनाले सुरक्षा तथा राष्ट्र निर्माणमा गरिरहेको योगदान सहित पछिल्लो समसामयिक विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चालन उपसेनानी सिर्जना नेपाल न्यौपानेले गर्नु भएको थियो । पहिलो दिन प्रमुख सेनानीहरू सञ्जय अधिकारी, वरुण केसी, महासेनानी जीवन कार्की,ज्योति कटुवालले पत्रकार आचारसंहिता तथा सुरक्षा संवेदनशीलता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update