रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ झल्खेतमा रुकुम सिस्ने यातायात प्रालीको टिकट बुकिङ काउन्टर स्थापना गरिएको छ । यात्रुहरुको सहजताका लागि झुलखेतमा टिकट काउन्टर स्थापना गरिएको हो । एक कार्यक्रमका बिच मङ्गलवार काउन्टर उद्घाटन गरिएको रुकुम सिस्ने यातायात प्रालीका शाखा प्रमुख दीपक विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार झुल्खेत काउन्टरको इन्चार्जको जिम्मेवारी एक्कबहादुर महतारालाई दिइएको छ । बुकिङ काउन्टर स्थापना भएसँगै अव झुल्खेतबाट घोराही, नेपालगन्ज र सुर्खेतको लागि हायस गाडी छुट्ने छन् । भुल्खेतबाट जिल्ला सदरमुकामको लागि भने यसअघि देखिनै नियमित गाडी आवतजावत भइरहेका छन् । स्थानीयहरुलाई जिल्ला बाहिर घोराही, नेपालगन्ज र सुर्खेत जानको लागि अव टिकट बुकिङको लागि जिल्ला सदरमुकाम खलङ्गा आउनुपर्ने समस्या हटेको छ ।
झुल्खेतबाट नियमित रूपमा बिहान साढे ५ः३० बजेको समयमा गाडी छुट्ने रुकुम सिस्ने यातायात प्रालीले जनाएको छ । झुल्खेतबाट घोराहीको लागि एक हजार ५०, नेपालगन्जको लागि १ हजार ४ सय र सुर्खेतको लागि १ हजार ३ सय भाडा दर तोकिएको छ ।





-1759842583.jpg)