दुर्घटना
बाँफिकोट ७ बास्तोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ बास्तोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । आज साँझ बाँफिकोट गाउँपालिका ७ नदुवाबाट आठविसकोटको राडी तर्फ जादै गरेको क.प्र.०३००१ प ०६१३ को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना परी बाँफिकोट गाउँपालिका ७ का ४६ वर्षीय झलक खत्री घाइते भएको जिल्ला प्रहारी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घाइते खत्रीको अवस्था गम्भीर रहेको छ । बाँफिकोट गाउँपालिका ७ चिमानचौरका २९ वर्षीय हरीभान खत्रीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटना परी गम्भीर घाइते झलकलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइदै छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ १९:५१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)