रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले शोक विदा दिएको छ । पालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिएको जानकारी गराएको हो । पालिकामा अन्र्तगतका सबै विद्यालयहरुमा एक दिन आज शोक विदा दिएको गाउँपालिकाले जानकारी दिएको छ ।
बाँफिकोट ७ को बास्थलामा विहीबार साँझ भएको मोटरसाइकल दुर्घटना परी बाँफिकोट ७ का ४६ वर्षिया झलक खत्रीको मृत्यु भएको थियो । खत्री बाँफिकोट ७ मा रहेको हिमालय नमूना आधारभूत विद्यालय गोरेकाँडामा कार्यरत प्रधानध्यापक हुनुहुन्छ । साेही स्थानका २९ वर्षिय हरिभक्त खत्री घाइते हुनभएको छ । बाँफिकोटको नदुवा बाट आठविसकोट नगरपालिकाको राडीतर्फ जादै गरेको क.प्र. ०३००१ प ०६१३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । प्रअ खत्रीको अल्पआयुमै भएको दुःखद निधनले बाँफिकोट गाउँपालिका तथा शैक्षिक क्षेत्रमा अपूरणीय क्षेती पुगेको उल्लेख गर्दै मृतक आत्माको चिरशान्तीको कामना गर्दै परिवारजन प्रति गाउँपालिकाले सम्वेदना व्यक्त गरेको छ ।





-1759842583.jpg)