Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा मोतिबिन्दु सम्बन्धी समस्या भएका ७२ जना  आँखाका बिरामीको  सफल सल्यक्रिया

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा दुई दिने निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । चौरजहारी नगरपालिकाको आयोजना, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग तथा एडिसिएस (HDCS ) चौरजहारी अस्पतालको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो। शिविरबाट रुकुम पश्चिम, सल्यान र जाजरकोट जिल्लाका मोतीबिन्दु सम्बन्धी समस्या भएका ७३ जना आँखाका बिरामीहरूको सफल शल्यक्रिया गरिएको चौरजहारी अस्पताल आँखा उपचार इकाईका स्वास्थ्यकर्मी नेत्र सहायक उमेश लामिछानेले जानकारी दिनुभयो।

गत हप्ता चौरजहारी नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यालयहरूमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरबाट ५ सय ३१ जना बिरामीहरूको आँखा जाँच,उपचार, तथा चस्मा वितरण गरिएको सुर्खेत आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर आकाङ्क्षा राणाले बताउनुभयो । उक्त शिविरबाट मोतीबिन्दु सम्बन्धी समस्या भएका ७२ जनाको सफल शल्यक्रिया गरिएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update