रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ मा बारिपाेले साइकुमारी मेला सुरु भएको छ । हरेक वर्षको मंसिर शुक्ल एकादशी र शुक्ल द्वादशी गरी २ दिन लाग्ने मेला आजबाट सुरु भएको हो । बिहानैबाट पूजापाठ सुरु भएको स्थानीय रमेश खड्काले जानकारी दिनुभयो ।
यहाँ परापूर्वका देखि पूजापाठ र मेला सुरु भएको उहाँले बताउनुभयो । परापूर्वकालमा हाल मन्दिर रहेको र मेला लाग्ने ठाउँमा जङ्गल रहेको र उक्त ठाउँ गाई चरण क्षत्रका रूपमा प्रयोग हुन्थ्यो ।
चरणका लागि गएका मध्ये एउटा गाइले सिद्धलाई दूध दिइरहेको अवस्थामा गोठालाले देखेपछि सिद्धले गोठालालाई यस ठाउँमा पूजाआजा गरेपछि राम्रो हुन्छ भनेपछि मंसिर शुक्ल एकादशी र द्वादशीमा पूजापाठ र मेला सुरु भएको खड्काले बताउनुभयो ।
सुरुमा गोठाला रहेका ओली थरका पुजारी र खत्री थरका साइकुमारीका धामी उत्पत्ति भई एकादशी र द्वादशीमा पूजा गरेकोमा हाल ब्राह्मणबाट पूजा आज भइरहेको उहाँको भनाई छ ।
मन्दिरमा वर्षैभरि पूजापाठ तथा बलि दिन मिल्ने भए पनि मंसिर शुक्ल एकादशी र द्वादशीमा हुने पूजा पाठ र बलिलाई विशेष महत्वका साथ हेरिन्छ । आज एकादशी भएकाले पूजा पाठ मात्र हुने र भोली बली समेत दिन मिल्ने खड्काले बताउनुभयो । भोली मन्दिरमा भव्य मेला लाग्ने छ ।





-1759842583.jpg)