Kakhara सबैको खबर सम्पूर्ण खबर
तारा एयरले रुकुम पश्चिममा उडान थप्यो, हप्तामा तीन दिन उडान हुने 

रुकुम पश्चिममा उडान भरिरहेको तारा एयरले उडान थपेको छ । हाल हप्तामा २ दिन नेपालगन्ज–रुकुम पश्चिम उडान भरिरहेको तारा एयरले मंसिर १७ गते बुधवार देखि भने हप्तामा ३ दिन उडान भर्ने भएको हो । 

तारा एयरका रुकुम पश्चिम प्रतिनिधि लालवीर बोहराका अनुसार अब हप्तामा सोमबार, बुधवार र शुक्रवार तीन दिन नेपालगन्ज–रुकुम पश्चिम–नेपालगन्ज उडान हुने छ । यात्रुहरूको माग अनुसार सहजताका लागि उडान थप गरिएको उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्सले उडान भरिरहेकामा लामो समय देखि तारा एयरले पनि उडान भरिरहेको छ । यात्रुहरूको सहजताका लागि तारा एयरको उडान सुरु गरिएकामा वर्षौँसम्म जिल्लावासीको सेवामा रहेको र अव सेवालाई थप बढाइएको बोहराको भनाई छ । 

तारा एयरको उडान सुरु भएपछि जिल्लावासीले सहज हवाई यात्रा गरिरहेको र टिकट नपाउने समस्या धेरै हदसम्म कम भएको उहाँको भनाई छ । अब उडान थप भएपछि थप सहजता हुने उहाँको विश्वास छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update