Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भोली देखि बजाजको ग्राण्ड एक्सचेन्ज मेला लाग्ने 

रुकुम पश्चिममा भोली देखि बजाजको ग्राण्ड एक्सचेन्ज मेला लाग्ने भएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँ स्थित सहिद प्रतिष्ठान नजिकै मेला लाग्ने भएको हो । भोली देखि लाग्ने मेला मंसिर २१ गतेसम्म जारी रहने छ ।

मेलाबाट नागरिकताको भरमा मोटरसाइकल पाइने रुकुम पश्चिम स्थित बजाजको आधिकारिक बिक्रेता लक्ष्मी अटो पार्टस एन्ड मर्मत सेन्टरका सञ्चालक राजु खड्काले जानकारी दिनुभयो । यो मेला आफ्नो मोटरसाइकल अपग्रेड गर्ने अहिलेसम्मकै ठुलो अफर रहेको उहाँले बताउनुभयो ।

मेलामा आफ्नो जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल दिएर बजाजको नयाँ मोटरसाइकल लिन पाइने, नयाँ मोटरसाइकल खरिदमा नगद ६ हजार सम्मको छुट, जुनसुकै कम्पनीका मोटरसाइकलको पनि १० हजार बढी मूल्याङ्कन सुविधा, ठाउँको ठाउँ किस्ता बन्दीको व्यवस्था, सामग्री अन्तर्गत हेलमेट, लेगगार्ड र ब्याग अफरमा निःशुल्क प्रदान गरिने खड्काले बताउनुभयो ।

जिल्लामै यो सुविधा प्रदान हुन लागेको सेवा लिन सबैलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update