रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ तिर्सिङमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । सोही स्थानका अभिभावक समाजसेवी डिलबहादुर विकले विद्यालय सूधारको लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । बालबालिकाको शैक्षिक सुधार गर्ने उदेश्यले विद्यालयलाई आर्थिक सहयोग गरिएको विकले जानकारी दिनुभयो ।
विकले विद्यालयमै पुगरे प्रधानाध्यापक झफिराम ओलीलाई रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले सहयोग गरेको रुपैयाँले बालविकास कक्षा कोठा ब्यबस्थापन अन्तर्गत भित्तेलखन कार्यमा खर्च गरिने विद्यालयले जनाएको छ । सहयोग गर्ने विकको परिवारलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । सरस्वती आधारभूत विद्यालयमा हाल बालशिक्षा देखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । विकले गरेको आर्थिक सहयोगले विद्यालयलाई पठनपाठनमा सहज हुने विद्यालयले जनाएको छ ।






-1759842583.jpg)
