रुकुम पश्चिममा जारी बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा राम्रो आकर्षण देखिएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाऊँ स्थित सहिद प्रतिष्ठान नजिकै मंसिर १६ गतेबाट जारी मेलामा पुराना मोटरसाइकल दिएर नयाँ मोटरसाइकल लिनेको सङ्ख्या राम्रो रहेको रुकुम पश्चिम स्थित बजाजको आधिकारिक बिक्रेता लक्ष्मी अटो पार्टस एन्ड मर्मत सेन्टरका सञ्चालक राजु खड्काले जानकारी दिनुभयो ।
मेलाबाट अहिलेसम्म १८ वटा मोटरसाइकल बिक्री भएको उहाँले बताउनुभयो । जसमा १७ वटा माेटरसाइकल पुरानासँग एक्सचेन्ज भएका हुन भने एउटा क्यासमा बिक्री भएको खड्काले बताउनुभयो । सोचे भन्दा राम्रो मोटरसाइकल बिक्री भइरहेको उहाँको भनाई छ । मेला २१ गतेसम्म जारी रहने छ ।
यो मेला आफ्नो मोटरसाइकल अपग्रेड गर्ने अहिलेसम्मकै ठुलो अफर रहेको उहाँले बताउनुभयो ।मेलामा आफ्नो जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल दिएर बजाजको नयाँ मोटरसाइकल लिन पाइने, नयाँ मोटरसाइकल खरिदमा नगद ६ हजार सम्मको छुट, जुनसुकै कम्पनीका मोटरसाइकलको पनि १० हजार बढी मूल्याङ्कन सुविधा, ठाउँको ठाउँ किस्ता बन्दीको व्यवस्था, सामग्री अन्तर्गत हेलमेट, लेगगार्ड र ब्याग अफरमा निःशुल्क प्रदान गरिने खड्काले बताउनुभयो ।






-1759842583.jpg)
