हेलिकोप्टर मार्फत उद्धार
घरको बार्दलीबाट लडेर घाइते भएका सात वर्षिय बालकको हेलिकोप्टर मार्फत उद्धार
रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ पोखराका एक बालकको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
आज दिउँसो आफ्नै घरमा खेल्ने क्रममा बार्दलीबाट लडेर घाइते भएका लोकेन्द्र केसीका ७ वर्षको छोरा प्रटुस केसीलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी नेपालगन्ज पठाइएको हो । ७ वर्षीय बालक प्रटुसको दाहिने खुट्टाको घुँडाको हड्डी भाँचिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
घाइते बालकको अवस्था (बोल्न सक्ने) मध्यम रहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल रुकुम पूर्वमा सामान्य उपचार पछि ७ वर्षीय बालक प्रटुससाई थप उपचारको लागि हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ १८:०३
प्रतिक्रिया दिनुहोस्






-1759842583.jpg)
