Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेटकाे पिपलचाैरमा जिप दुर्घटना

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकाको पिपलचाैरमा जिप दुर्घटना भएको छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकाेटकाे राडी जाँदै गरेको जिप पिपलचाैरमा दुर्घटना भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाई छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय राडीबाट प्रहरी टोली आइरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update