रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा १४ बाँके जिउलामा भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोटको राडी तर्फ जाँदै गरेको लु १ ज २०८२ नम्बरको जिप आज दिउँसो ३ बजेतिर भेरी कोरिडोरको बाँके जिउलामा दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घाइते हुनेमा चालक आठबिसकोट नगरपालिका वडा नम्बर १३ घेत्माका ३१ निर्माणराज बिक, सह–चालक सोही ठाउँका ३१ वर्षीय डिलबहादुर बिक, सोही ठाउँकै ३४ वर्षीय प्रकाशजंग मल्ल, ५२ वर्षीय हरोजंग मल्ल, १४ बर्सिया रितु मल्ल, ४२ वर्षीय भरतजंग मल्ल, आठबिसकोट १२ की १७ बर्सिया रिता परियार, २० बर्सिया प्रमिला ओली, वडा नम्बर ९ की ३२ बर्सिया बसन्ता शाह र सोही ठाउँका ३२ वर्षीय अभिषेक केसी रहेको उहाँको भनाई छ ।
त्यस्तै आठबिसकोट नगरपालिका ११ की २४ बर्सिया मनिषा मल्ल, रुकुम पूर्व भूमे गाउँपालिका २ का २२ वर्षीय बिजय बुढा, सल्यान बागचौर नगरपालिका ८ का २७ वर्षीय जनक चन्द, जाजरकोट नलगाड नगरपालिका ८ का ३२ वर्षीय विष्णु केसी र सोही ठाउँकी १९ बर्सिया विमला केसी पनि घाइते भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।
उहाँका अनुसार घाइते मध्ये रिता परियारको अवस्था गम्भीर रहेको छ । उहाँको टाउको र घाँटीमा चोट लागेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । अन्यको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो । घाइतेहरूको आठबिसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप ब्रेक फेल भई सडकदेखि अन्दाजी १५ मिटर तल खसेको प्रहरीको भनाई छ । जिपमा १५ जना सवार रहेकाे बताइएकाे छ ।
प्रहरीले उपलब्ध गराएकाे घातेहरुकाे विवरण
१. चालक जिल्ला रुकुम आठबिसकोट न.पा.१३ घेत्मा बस्ने बर्ष ३१ को निर्माण राज बि.क., टाउकोमा चोट, अवस्था सामान्य ।
२. सह-चालक ऐ.ऐ. बस्ने बर्ष ३१ को डिल बहादुर बि.क., घुडामा चोट, अवस्था सामन्य ।
३. ऐ.ऐ. बस्ने बर्ष ३४ को प्रकाश जंग मल्ल, कम्मरमा चोट, अवस्था सामान्य ।
४. ऐ.ऐ. बस्ने बर्ष ५२ को हरोजंग मल्ल, शरिरको विभिन्न भागमा चोट, अवस्था सामान्य ।
५. ऐ.ऐ. बस्ने बर्ष १४ की रितु मल्ल, घाँटीमा चोट, अवस्था सामान्य ।
६. ऐ.ऐ. बस्ने बर्ष ४२ को भरत जंग मल्ल, शरिरको विभिन्न भागमा चोट, अवस्था सामान्य ।
७. ऐ.ऐ.१२ बस्ने बर्ष १७ की रिता परियार, टाउको र घाँटीमा चोट, अवस्था सिरियस ।
८. ऐ.ऐ. बस्ने बर्ष २० की प्रमिला वली, टाउकोमा चोट, अवस्था सामान्य ।
९. ऐ.ऐ. ९ बस्ने बर्ष ३२ की बसन्ता शाह, दाहिने हातमा चोट, अवस्था सामान्य ।
१०. ऐ.ऐ. बस्ने ३२ को अभिषेक के.सी., टाउको चोट, अवस्था सामान्य ।
११. ऐ.ऐ.११ बस्ने बर्ष २४ की मनिषा मल्ल, शरिरको विभिन्न भागमा चोट, अवस्था सामान्य ।
१२. जिल्ला रुकुम पूर्व भुमे गा.पा.२ बस्ने बर्ष २२ को बिजय बुढा,टाउकोमा चोट, अवस्था सामान्य ।
१३. जिल्ला सल्यान बागचौर न.पा.८ बस्ने बर्ष २७ को जनक चन्द, टाउको र हातमा चोट, अवस्था सामान्य ।
१४. जिल्ला जाजरकोट नलगाड न.पा.८ बस्ने बर्ष ३२ को बिष्णु के.सी., शरिरको विभिन्न भागमा सामान्य चोट, अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने बर्ष १९ की बिमला के.सी., नाक र टाउकोमा चोट अवस्था सामान्य ।






-1759842583.jpg)
