Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेटमा गाडीकाे झ्यालबाट खसेर विद्यार्थी घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा गाडीको झ्यालबाट खसेर एक जना विद्यार्थी घाइते भएका छन् । बाँफिकोट १ लागिमका १४ बर्सिया किरण मल्ल घाइते हुनुभएको हो ।

बाँफिकोट १ को लागिमबाट बाँफिकोट तर्फ जाँदै गरेको लु १ ज ४४६३ गाडीमा सवार मल्ल  बाँफिकोट ४ को सालघारी स्थित भित्री सडक खण्डमा गाडीको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यकाल रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो । 

घाइते मल्लको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनको  दुवै हातमा चोट लागेको छ भने अवस्था मध्यम रहेका प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update