रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को बृहत युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज मुसिकोट १ खलंगामा रहेको खलंगा बहुमुखि क्याम्पसको प्राङगणमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्लाका छ वटै पालिकाबाट युवाहरुको बाक्लो उपस्थिती रहेको प्रलोपा रुकुम पश्चिमले जनाएको छ ।
युवा प्रशिक्षण कार्यक्रमलाई प्रलोपाका नेता तथा संरक्षक जनार्र्दन शर्मा, नेता राजकुमार शर्मा र पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसीले सम्वाेधन गर्नुभएको थियो । युवा भेलालाई सम्बोधन गर्दै पार्टी संरक्षक नेता शर्माले युवाको इच्छा चाहान अनुरुप नै नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । सोही अनुरुपले नै पार्टी अगाडी बढ्को उहाँको भनाई थियो । आगामी दिनमा रुकुमका जनताले काम गर्ने जिम्मेवारी दिएमा जिम्मेवारी पुरा गर्ने र जिम्मेवारी नदिएपनि अन्तिम अवस्थासम्म जनताको सेवा गर्न सर्मपित हुने शर्माको भनाई थियो । जिल्लामा हुने हरेक घटना तथा विपदमा संधै जनताकै साथमा रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रलोपाका नेता तथा कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री शर्मा, जिल्ला संयोजक केसीले पनि सम्बोधन गर्नुभएको थियो । साेही कार्यक्रको अवसरमा एक सयभन्दा बढी जेनजी युवाहरु पार्टीमा जोडिएका थिए । उहाँलाई पार्टी संरक्षण शर्माले पार्टीको झण्डा दिएर स्वागत गर्नुभएको थियो । प्रलोपाको यो जिल्लामा पहिलो कार्यक्रम हो । हिजो मात्रै प्रलोपाले खलंगामा पार्टी कार्यालय स्थापना गरेको थियो ।





-1759842583.jpg)