रुकुम पश्चिममा बालविवाह विरुद्ध साझा अभियन संजाल जिल्ला सदस्यहरुसँग बाल विवाह सम्बन्धी साझा बुझाई कार्यशला सम्पन्न भएको छ । आज मुसिकोट १ खलंगामा बालविवाह विरुद्ध साझा अभियान संजालका जिल्ला सदस्यहरुसँग कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बालविवाह विरुद्ध कार्यशाला कार्यक्रममा विवाह र बाल विवाह, विवाह गर्ने उमेर, तोकिने आधार र प्रत्यन, बालविवाहको असर, बालबालिकाको अपराधिकरण, बालविवाहको वकालतको विषयमा छलफल गरिएको थियो ।
त्यस्तै बाल विवाह साझा बुझाई कार्यशालामा बालविवाह सम्बन्धी कानुनी दृष्टीकोण, आर्थिक कारण र प्रभाव, सामाजिक संघसंस्थाहरुको भुमिका लगायतका विषयमा पनि छलफल गरिएको थियो । बालविवाह सम्बन्धी साझा बुझाई कार्यशाला कार्यक्रमको प्रस्तुतीकरण बालविवाह विरुद्ध साझा अभियान संजालका कर्णाली प्रदेश महासचिव बसन्त श्रेष्ठनले गर्नुभएको थियो ।
बाल विवाह विरुद्ध साझा अधियानका जिल्ला संजालका अध्यक्ष गोकर्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बाल विवाह विरुद्ध साझा अभियानका कर्णाली प्रदेश महासचिव बसन्त श्रेष्ठ, कर्णाली प्रदेश सदस्य टेकबहादुर कुसारी, बारका केन्द्रिय सदस्य रत्नबहादुर खड्का लगायत बाल विवाह विरुद्ध साझा अभियानका जिल्ला सदस्यहरुको उपस्थिती रहेको छ । कार्यक्रमको संचालन जिल्ला सचिव भिमबहादुर खड्काले गर्नुभएको थियो ।



-1765202239.jpeg)

-1759842583.jpg)