Kakhara सबैको खबर सम्पूर्ण खबर
माछमी -गाराघाट सडक खण्ड एक हप्ताको लागि बन्द हुने
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालका र बाँफिकोट गाउँपालिका अन्तरर्गत पर्ने माछमी गारागाघाट सडक खण्ड एक हप्ताको लागि बन्द हुने भएको छ । मुसिकोट नगरपालिका अन्तर्गत माछिमी–गाराघाट सडक खण्डमा झोलुङ्गे पुल निर्माण कार्य गर्नुपर्ने भएकाले उक्त सडक खण्ड एक हप्तालको लािग बन्द हुने भएको हो । उक्त सडक खण्ड पुष १ गतेदेखि पुष ७ गतेसम्म बन्द हुने हुने जिल्ला प्रशाशन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

उक्त अवधिमा राति ८ बजेदेखि विहान ५ बजेसम्म सवारी साधन आवतजनवत बन्द हुने छ । प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले माछिमी–गाराघाट सडक खण्डमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने भएकाले  बन्द गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update