रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ बोरागाँउमामा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन । आज विहान १०: ४५ बजेको समयमा बोरागाँउ स्थित राप्ती राजमार्ग सड्क खण्डमा सिम्रुतु देखी खंलगा तर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह ०४७५ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर १२ घर भई हाल मुसिकोट १ बस्ने ३९ वर्षीया सुचना पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते पुनको बाँया हात र टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको छ । घाइते पुनको सझा मुराल अस्पताल खंलगामा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । अटो चालक सल्यानको सिद्धकुमाख गाउँपालिका १ का ३८ वर्षीया छबि बस्नेत र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



-1765202239.jpeg)

-1759842583.jpg)