रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा रहेको चाइनाबगर टोल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको छ । आज एक कार्यक्रमका बिच उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । सानिभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले ब्यानर पढेर उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष रोकाले ‘‘सुरक्षित खानेपानी स्वच्छ जिन्दगानी’’ भन्ने नारालाई आत्मासाथ गर्दै स्थानीयले घरघरै सुरक्षित खानेपानी प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
सुरक्षित खानेपानी पुर्याउनको लागि सहयोग गर्ने युनिसेफ नेपाल, रुकुमेली समाज विकास केन्द्र रुकुम तथा सोसेक नेपाल दैलेखलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । पालिकाको प्रयास तथा संघसंस्थाको सहयोगमा चाइनाबर टोल जिल्लाकै पहिलो सुरक्षित खानेपानी समुदाय घोषणा हुनुमा स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । चाइनाबगरका ८० घर तथा ४ वटा सार्वजजिक स्थानमा गरी ८४ घरधुरीमा सुरक्षित खानेपानी अन्तर्गत एक घर एक धारको पहुँज पुगेको छ ।
समुदायलाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्नुअघि खानेपानी सुरक्षा योजना कार्यान्वयन, खानेपानीको गुणस्तर परीक्षण तथा प्रभावकारिताको मूल्याङ्कन, समितिद्वारा स्वःघोषणा, स्वतन्त्र अनुगमन टोलीबाट समुदाय अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पूरा गरिएको थियो । सुरक्षित खानेपानी युक्त घोषणा कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायतले उपभोक्ताहरुले सधै सुरक्षित खानेपानी प्रयोग गर्ने, फोहोर बर्गिकरण गर्ने, सधै सुक्षित शौचालयको प्रयोग गर्ने, खेर गएको पानीको सहि सदुपयोग गर्ने लगायतका विषयमा प्रतिवद्धता जनाउदै हस्ताक्षर समेत गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रका समुदायलाई छनोट गरी एक घर एक धारा अन्तर्गत सुरक्षित खानेपानी पुर्याएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिका रहेका ११ वटा वडा मध्ये १० वटा वडामा एक घर एक धारा अन्तर्गत सुरक्षित खानेपानीको पहुँको लागि काम गरिएको थियो । बाँकी वडाहरुमा पनि अनुगमन गरेर सरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।
किदुरुख साईरावन चाइनाबगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा युनिसेफ नेपाल, सोसेक नेपाल दैलेख र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरण रहेको थियो । भने १ नम्बर वडा कार्यालयको समन्वय सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष कमला रोका पुनको प्रमुख, १ नम्बर वडा अध्यक्ष टेकबहादुर पुन तथा प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काको विशेष उपस्थिती रहेको थियो । त्यस्तै रुकुमेली समाजमा विकास केन्द्रका प्रतिनिधी, सोसेक नेपाल दैलेका प्रतिनिधी लगायत स्थानीयकको उपस्थिती रहेको थियो ।



-1765202239.jpeg)

-1759842583.jpg)