रुकुम पश्चिमको सानीभेरी गउँपालिका वडा नं १ चाइनाबगरका ८४ घरधुरीमा एक घर एक धारासँगै सुरक्षित खानेपानीको पहुँज पुगेको छ । संघसंस्थाहरुको सहयोगमा उक्त समुदायमा सुरक्षित खानेपानीको पहुँच पुगेको हो । उक्त समुदायमा सुरक्षित खानेपानीको पहुँच पुगेसँगै चाइनाबगर समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा समेत गरिएको गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार युनिसेफ नेपाल, रुकुमेली समाज विकास केन्द्र रुकुम र सोसेक नेपाल दैलेखलेको आर्थिक सहयोग तथा समन्वयवमा एक घर एक धारा निर्माण गरी सुरक्षित खानेपानीको पहुँच विस्तार गरिएको हो । चाइनाबगरका ८० घरधुरी र ४ वटा सार्वजजिक स्थानमा गरी कुल ८४ धारामा सुरक्षित खानेपानी पुर्याएको योजना निर्माण गर्ने संस्था रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिभयो ।
उहाँका अनुसार युनिसेफको आर्थिक सहयोगमा संस्थाले सानीभेरी गाउँपालिकाका ११ वटा वडा मध्ये १० वटा वडामा एक घर एक घाराको लागि काम सम्पन्न गरिसकेको र अव बाँकी रहेका वडाहरुमा पनि खानेपानी सुरक्षित योजना कार्यान्वयन, खानेपानीको गुणस्तर परीक्षण तथा प्रभावकारिताको मूल्याङ्कन, समितिद्वारा स्वःघोषणा, स्वतन्त्र अनुगमन टोलीबाट समुदाय अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पुरा गरी सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिने उहाँले जानकारी दिनभयो । एकिकृत पुर्नलाभ कार्यक्रम अन्तर्गत किदुरुख साइरावन चाइनाबगर खानोपानी योजनामा युनिसेफ नेपालको एकिकृत पुर्नलाभ कार्यक्रम अन्र्तगत २३ लाख ३२ हजार ८ सय २३ रुपैयाँ, उपभोक्ताको श्रम लगानी बापत ६ लाख ६१ हजार १ सय ५६ रुपैयाँ र सानीभेरी गाउँपालिकाको १ लाख ३ हजार २ सय ८३ रुपैयाँ गरेर कुल ३० लाख ९७ हजार २ सय ६३ रुपैयाँ खर्च भएको योजना निर्माण गर्ने संस्था रुकुमेली समाज विकास केन्द्र रुकुमले जनाएको छ ।
स्थानीयले घरघरै सुरक्षित खानेपानी प्रयोग गर्न पाएकोमा सहयोग गर्ने संस्थालाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएसँगै स्थानीयबासीले सुरक्षित खानेपानी प्रयोग गर्ने, फोहोर बर्गिकरण गर्ने, सधै सुक्षित शौचालयको प्रयोग गर्ने, खेर गएको पानीको सही सदुपयोग गर्ने लगायतका विषयमा प्रतिवद्धतासमेत जनाएका छन् । चाइनाबगर सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हुने जिल्लाकै पहिलो समुदाय समेत बनेको छ,।





-1759842583.jpg)