Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयको छतबाट लडेर घाइते भएका तिलकलाई विद्यालयको आर्थिक सहयोग
फाइल फाेटाे ।

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर १२ मा रहेको  जनकल्याण मावि सानाखोलामा कक्षा ६ मा अध्ययनरत बिद्यार्थी तिलक सार्कीलाई आर्थिक सहयोग गरिएको छ । गत मसिंर १ गते विद्यालयको छतबाट लडेर घाइते भएका विद्यार्थी सार्कीलाई  सोही विद्यालयका शिक्षक तथा कक्षा ६ देखि कक्षा १० सम्म अध्यनरत इच्छुक विद्यार्थीहरु मिलेर १५ हजार रुपैयाँ उठाएर सहयोग गरिएकाे हाे । तिलकको विद्यालयको छटबाट लडेर हात र खुट्टामा चोट लागेको थियो ।

उनको नेपालजञ्जमा उपचार तथा अप्रेसन भएको थियो । तिलकको आर्थिक अवस्था कमजोर भएकाले पोषिलो खानेकुरा खान सहज होस भनेर शिक्षक विद्यार्थी मिलेर आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक बिनोद प्रसाद शर्माले जानकारी दिनुभयाे । विद्यालयका सहायक प्रधानाध्यापक, विद्यार्थी तिलकको घरमा पुगेर रकम सहयोग गरेका हुन् ।

अप्रेसपछि घरमै आराम गरिरहेका विद्यार्थी तिलकको स्वास्थ्य लाभको कामनासहित विद्यार्थीले  विद्यालय परिसर सुरक्षित बनाउन सरोकारवालासँग माग समेत  गरेका थिए ।  घरमै आएर रकम हस्तान्तरण गर्ने विद्यालय परिवार तथा नेतृत्व भुमिका खेल्ने सबैमा घरपरिवारले विद्यालयलाई  धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update