रुकुम पूर्वमा आयोजित अन्तर पालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट सिस्ने गाउँपालिकाले जितेको छ । वडा नम्बर ५ को रुक्मिणी माविको खेलमैदानमा आज भएको फाइनलमा भूमे गाउँपालिकालाई पराजित गर्दै सिस्ने विजेता बनेको हो ।
फाइनलमा सिस्ने ५ विकेटले विजयी भयो । भूमेले दिएको १२२ रनको लक्ष सिस्नेले १३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे । विजेता सिस्नेले कप र मेडल प्राप्त गरेको छ भने उप विजेता भूमेका खेलाडीले मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका कर्मचारी सम्मिलित टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सिस्नेका ईश्वर महरा ‘वेस्ट प्लेयर’ घोषित हुँदा सिस्नेकै नवीन बोहरा ‘वेस्ट बलर’ बनेका छन् । प्रतियोगितामा सुधन केसी, जीवन ओली र विनोद परियारले अम्पायरको भूमिका निर्वाह गरेका थिए।
स्थानीय तहहरूको सहकार्यमा क्रिकेट आयोजना गरिएको हो । यसले जिल्लामा क्रिकेटको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




-1759842583.jpg)