सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ तितेपातलस्थित भित्रि सडक खण्डमा क.प्र ०२०१ त ०४४४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटाका २१ वर्षिय सुरेश विकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटाबाट सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ तितेपातल सामुदायिक वनमा दाउरा लिन जाँदै गरेको ट्याकटर हिजो साँझ दुर्घटना परेको थियो । दुर्घटनामा चालक सुरेश र सवार त्रिवेणी गाउँपालिका ४ खुम्चेरीका २६ वर्षिय पुर्णबहादुर विक घाइतेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते दुवै जनालाई शनिबार राती नै घटनास्थलबाट जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पुर्याएको थियो । अस्पताल पुर्याए लगतै चेकजाँचको क्रममा ट्याक्टर चालक शुरेशलाई चिचित्सकले विहान १ बजेको समयमा मृत घोषणा गरेका थिए । भने पुर्णबहादुरको जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराई जानकारी दिनुभयो ।
घाइते पुर्णबहादुरको शरिरको भित्री भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्याकटर अनियन्त्रीत भइ सडकबाट १ सय मिटर चाल खसेको थियो ।





-1759842583.jpg)