Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ खारखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती मध्यपहाडी राजमार्ग अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा अटो चालक मुसिकोट नगरपालिका १३ का २८ वर्षीय  विनोद  रोकायको मृत्यु भएको हो ।

अटो चालक रोकायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार  अटो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो  ।

अटोमा अन्य सवार नरहेको प्रहरीले जनाएको छ । मृतक रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा  ल्याएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update