Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल मगर संघ रुकुम पश्चिमको अध्यक्षमा इन्दिरा बुढा

नेपाल मगर संघ जिल्ला समन्वय समिति रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार मुसिकोट खलङ्गामा भएको अधिवेशनबाट इन्दिरा बुढा मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा मयन सिँजाली बुढामगर, भरत घर्ती मगर, सचिवमा रमेश पुन, सह सचिवमा प्रेमप्रकाश पुन, प्रेम बाँठामगर रहनुभएको छ भने कोषाध्यक्ष पछि मनोनीत गरिने नव निर्वाचित अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्ष अकविर घर्तीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल मगर संघका कर्णाली प्रदेश सचिव गोविन्द बुढामगरको प्रमुख र पूर्व जिल्ला अध्यक्ष पहलसिंह घर्तीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै अधिवेशनमा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुन, त्रिवेणी गाउँपालिका पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती र मगर संघका पूर्व केन्द्रीय सदस्य मोहन घर्ती, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष मनविर घर्ती लगायतको पनि आतिथ्यता रहेको थियो ।

अधिवेशन सम्पन्न पश्चात् मुसिकोट खलङ्गामा खुसीयाली र्‍याली निकालिएको नव निर्वाचित अध्यक्ष इन्दिरा बुढाले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update