Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ४ मा विद्युत लाइन सट हुुँदा एक घरमा आगलागी 
आगलागी भएको स्थान । फोटो पत्रकार प्रचण्ड खत्री ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ सल्लेधारा दाङस्थित एक घरमा आगलागी भएको छ । आज दिउँसो विद्युत् लाइन सट भएर अमरबहादुर कामीको घरमा आगलागी भएको हो । आगलागीबाट कामीको दुई तले जस्तापाताले छाएको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगलागी हुँदा घरमा भएका लत्ताकपडा, ५ मुरी मकै, ५ मुरी धान र एक कट्ठा गहुँसहित नगद २५ हजार रुपैयाँ जलेर नष्ट भएको स्थानीय निर्मला मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार  घरपरिवार नजिकैको अस्थायी आवासमा बसिरहेका बेला विद्युत् लाइन एक्कासि सट भएर घरमा आगलागी भएको हो । आगलागी पश्चात् स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरीको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सङ्कलन गरिसकेको उहाँको भनाइ छ । 

अमरको घरमा सासू बुहारी र एक नातिनी बस्दै आउनुभएको थियो । अमर र उहाँका दुई छोरा भने वैदेशिक रोजगारको सिलसिलामा देश बाहिर हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update