रुकुम पश्चिमको आठविसकोट नगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई खरिद तथा स्टोर व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । एकिकृत जलस्रोत व्यवस्थापन अन्तर्गत खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई खरिद तथा स्टोर व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिको साझेदारीमा तालिम प्रदान गरिएको हो ।
एकिकृत जलस्रोत व्यवस्थापन अन्तर्गत भूकम्प प्रभावित रुकुम पश्चिमको आठविकोट नगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ४ वटा खानेपानी व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम प्रदान गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमबाट दुवै पालिकाबाट २/ २ वटा खानेपानीका योजना समेत समावेश गरिएको छ ।
जलस्रोत व्यवस्थापनमा दक्षता वृद्धी गर्ने, समुदायका लागि सुरक्षित र व्यवस्थित जलस्रोत व्यवस्थापनको दिशा तय गर्ने र सेवालाई थप प्रभावकारी बनाउने उदेश्यले खानेपानी उपभाेक्ता समितिका पदाधिकारीलाई तालिम दिइएकाे कुमेली समाज विकास केन्द्र रुकुमले जनाएको छ ।





-1759842583.jpg)