शिविर
आठविसकोटमा पाइल्स, फिसर तथा फिस्टुला सम्बन्धी निःशुल्क शिविर संचालन हुने
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पायल्स, फिसर तथा फिस्टुला सम्बन्धी एक दिने निःशुल्क शिविर सञ्चालन हुन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजनामा यही पुस १४ गते शिविर सञ्चालन हुन लागेको हो । शिविर आठविसकोट नगरपालिको राडीमा सञ्चालन हुने छ । शिविरमा पायल्स, फिसर तथा फिस्टुलाको स्क्रिनिङ विधिबाट चेकजाँच तथा उपचार गरिने आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो ।
पायल्स, फिसर तथा फिस्टुला सम्बन्धी समस्या भएका सेवाग्राहीलाई शिविरमा सहभागी भई निःशुल्क सेवा लिन समेत आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले सवैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ १३:३०
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)